• २०८३ मङ्सिर ३ गते बुधवार

उपत्यकामा आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २५, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू

१.स्थानीय बासिहरूले रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेको नेवा: सांस्कृति अभियान्ताहरूको निशर्त रिहाइको
लागि पाटनको मंगलबजारमा भेला भई नगर परिक्रमा गर्दै प्रहरी प्रशासन घेराउ गर्ने ।
स्थान :- पाटनको मंगलबजारमा भेला भई नगर परिक्रमा गर्दै प्रहरी प्रशासन जाने ।
समय :- ८:०० बजे ।

२.संसदीय सुनुवाइ समितिको बैठक बस्ने ।
स्थान :- सार्वजनिक लेखा समितिको हल,सिंहदरबार ।
समय :- पहिलो बैठक ११:३० बजे दोस्रो बैठक १२:१५ बजे ।

३.नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ,जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघ लगायत ७ वटा ट्रेड युनियन महासंघहरूले कोभिड-१९ को आतंक र राज्यद्वारा जारी लकडाउन/निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौती र राज्य एवं पुँजिपति वर्गको मजदुर विरोधी नीतिले मुख्यतः मजदुर वर्गले अपुर्ब संकटको सामना गर्नु परेको आजको सन्दर्भमा उत्पीडित मजदुरको पक्षमा विरोध कार्यक्रम गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १३:०० बजे ।

४.नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,unicef र नेपाल स्काउटको संयुक्त आयोजनाम कोरोना संक्रमण बाट बच्नको लागि विभिन्न भिड भाड हुने स्थानहरूमा १ हप्ते जनचेतनामुलक कार्यक्रम गर्ने ।
स्थान :- उपत्यकाको विभिन्न स्थान ।
समय :- ७:०० बजे देखि १०:०० बजे सम्म र १६:०० बजे देखि १९:०० बजे सम्म ।

५.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

Sharing

प्रतिक्रिया दिनुहोस