ठाउँ भैन सुख दुख बिसाउने आफ्नो, बिचार सँग बिचार मिसाउने आफ्नो।
छन ता छन स्वतन्त्र बाँच्न खोज्ने धेरै, कोई भेट्न साँचा तिसाउने
आफ्नो ।
जस्लाई सम्झिन्छु मन भित्रको मान्छे, मन र मस्तिष्क घिसाउने आफ्नो ।
डुब्न थाले को बेला किनारा देखाउने, सदै हाँस्ने खिल्ने न रिसाउने आफ्नो ।
शेष रयको यो छोटो जिन्दगानी लाई, बुझेर मर्म मसिनरि पिसाउँने
आफ्नो।