• २०८३ असार ५ गते शुक्रवार

भक्तपुरमा १० जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३, भक्तपुर। भक्तपुरबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका २, कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्‍ने ४० वर्षीय नवराज श्रेष्ठलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुबाट नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक ताससहित बरामत गरेको प्रारिले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस