• २०८३ बैशाख १९ गते शनिवार

‘अन्शन गरेका मरेर गए’ गजल

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

हिँजो न्यायका लागि अन्शन गरेका मरेर गए,
सुनाई भँदै भैन उनी यो दुनियाँ बटै सरेर गए।

डाक्टर साहेब यो उहि सरकारहो भर नपर्नुश
संसदमा हजारौँ निर्दोश को रगतमा तरेर गए।

सराफत को जमाना ता कोईराको काग भयो,
ईमानदार नैतिक वान नेता फुल झैँ झरेर गए।

छाड अनसन सडकमा आउनुस जनता सँगी,
जन सैलाबले तानासाह आत्मत्याग गरेर गए।

यो बीरहरुको देशहो शंघर्षको स्वरुप भिन्दैछ,
पुर्वजले त्यहि शन्देस लाई जताकतै छरेर गए।

हेरौँ त कुर्चि को लागी कुर्चिले हाना हान हुँन्छ,
उनै नेता ता हुँन जो जनताको हक नै हरेर गए।

छनलाई छन ति बिचरा हात्थिछाप झोले पनि,
जो बिना पौँखका आज माथी उडान भरेर गए।

Sharing

प्रतिक्रिया दिनुहोस