असोज १४, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेको महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको दर्शन गरेका छन् । महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन् ।

अघिल्ला वर्षमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी इन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेको भए पनि यसपटक नक्साल भगवतीको मात्र दर्शन गरेको र अन्य शक्तिपिठमा भेटी पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।