• २०८३ बैशाख ६ गते आइतवार

गजल

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

लामू शंघर्ष पछि जान मा जान भयो,
सम्बिधान सभा झण्डै अफ्सान भयो।

ठुलो जन दवाबपछि सम्बिधान बन्दा,
खुसि जनताकै केही दिन महान भयो।

गणतन्त्र सँग सँगै संघियता आएपछी,
राष्ट्र्रीयता सँग नी ठूलो वैमान भयो।

देशलाई नयाँ नेपाल बनाउँन नसक्दा,
भन्छन स्यूटजरलैण्ड र जापान भयो।

देश ले निकास पाएन सात टुक्रा हुँदा,
प्रतिगामी सँगै छिमेकि मेहरबान भयो।

खै म कसरी सम्झाउँ जनतालाई पनि,
नेता लाछि र जनता सदै नादान भयो।

नेता बदलिए छ ब्यबस्था उस्तै उस्तैछ,
रगत पसिना पनि टुक्का उखान भयो।

ईतिहाश छ अनसनमा ज्यान फालेको,
डाक्टर किन त्यही बिचार प्रधान भयो।

Sharing

प्रतिक्रिया दिनुहोस