• २०८३ बैशाख १६ गते बुधवार

आचार्यको ‘ड्रेपरी अफ टाइम’ कविता सङ्ग्रह सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८,काठमाडौं । पुष्पराज आचार्यको कविता सङ्ग्रह ‘ड्रेपरी अफ टाइम’ प्रकाशनमा आएको छ । बज्र बुक्सले आज काठमाडौँमा कार्यक्रम आयोजना गरी उक्त कविता सङ्ग्रह सार्वजनिक गरेको हो । प्रा डा अभि सुवेदी र कवि तीर्थ श्रेष्ठले आचार्यद्वारा लिखित कृति सार्वजनिक गर्दै समीक्षासमेत गर्नुभएको छ । डा सुवेदीले आचार्यका रचनामा अन्तर मनका भावहरू शब्दमा उतारिएको बताउनुभयो । उहाँले कविता लयमय हुनसके मात्र मीठा अनुभूति हुने बताउँदै आचार्यका रचनामा उत्साह, भाव, भोगाइसँगै आध्यात्मिक दर्शनको समेत मिश्रण भएको बताउनुभयो । “जति विषयलाई सरल शैलीमा लेख्न सक्नु आचार्यको कविता लेखन खुबी हो”, उहाँले भन्नुभयो, “उहाँको कविता लयमय छ ।”

त्यस्तै, कवि श्रेष्ठले आचार्यको कवितामा परिपक्वता झल्किएको बताउनुभयो । “युवा, पाका दुवै पुस्ताको मनोविज्ञानलाई समेट्ने खालका उहाँका रचनाहरूले पाठक तान्न सक्षम छ”, उहाँले भन्नुभयो, “आचार्यले शब्द होइन, कवितामा भाव बुन्नुभएको छ । भाव बुन्न सक्नु नै कविको सामथ्र्य हो ।” अध्ययनको सिलसिलामा विदेशमा रहँदै आउनुभएका आचार्यको कविता यात्रा भने छन्द लयबाट सुरु भएको छ । डा सुवेदी भन्नुहुन्छ, “मैले देखेका र महसुस गरेका भावना नै मेरा कविता हुन् ।” बज्र बुक्सका प्रकाशक विदुर डङ्गोलले आचार्यका कविताले अङ्ग्रेजी कविता साहित्यमा प्रशस्त सम्भावना बोकेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस