• २०८३ असोज २५ गते आइतवार

नेताहरुमा रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढ्यो : सभामुख सापकोटा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, सिन्धुपाल्चोक  ।  सभामुख अग्निप्रसाद सापकोटाले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताएका छन ।

आज सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताए ।

उनले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए । उनले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए । उनले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस