• २०८३ भाद्र १० गते बुधवार

बाँके ट्राफिकले स्पिड कंट्रोल गर्न ३ ठाँउमा राख्यो ब्यारीकेडर

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

माघ २३, बाँके । जिल्ला ट्राफिक प्रहरी बाँके कोहलपुरले सवारी दुर्घटना र तिब्र स्पिड कंट्रोल गर्नलाई रोड ब्यारीकेडर राखेको छ।

बाँके ट्राफिक प्रहरीले बिहीबार कोहलपुरको चपरगौरीमा स्कुललाई मध्यनजर गर्दै ३ वटा ब्यारीकेडर राखेको छ। त्यस्तै नेपालगन्ज कोहलपुर सडक खण्डको गनापुर चोकमा पनि ३ वटा ब्यारीकेडर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिएका छन् ।

ट्राफिक प्रमुख बमका अनुसार राखिएका ब्यारीकेडरले दुर्घटना र सवारीलाई स्पिड कंट्रोल गर्नमा मदत पुग्ने छ। बिहीबार दुई स्थानहरुमा राखिएका ब्यारीकेडरलाई बागेश्वरी सिमेन्टले सहयोग गरेको ट्राफिक प्रमुख बमले जानकारी दिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना कम गर्न विभिन्न अभियानको थालनीमा आज ब्यारीकेडर राखेको र बाँके जिल्लाको धेरै ठाँउहरुमा राख्ने बाँके ट्राफिक प्रमुख बमले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस