साउन २१,काठमाडौँ ।राजाको छोरा राजा नै बन्ने परम्परा तोडिनुपर्छ । जनताको छोराले देशको बागडोर सम्हाल्नुपर्छ भन्दै १० वर्ष जनयुद्धमा भोगेका पिडा तपाई बाहेक अरु कसलाई थाहा होला र अरुलाई सोध्न पनि मिल्दैन । किन कि जनयुद्धका मुख्य कमाण्डर नाईके तपाई नै हो र हुनुहुन्थ्यो ।
प्रचण्ड जी जनयुद्धमा आम सोझा साझा बाँडेको सपना पुरा भयो त रु के ति जनतालाई बाँडेका सपनाहरु आफु कसरि सत्तामा पुग्ने वा फहर्याउने हतियारको रुपमा मात्र थियो की रु सारशंमा भन्दा तपाईले नेतृत्व गर्नुभएको त्यो जनयुद्ध नभई धनयुद्ध थियो की रु १७ हजारको बलिदानीले तपाईले आफ्नो सत्ता, शक्ति, पैसा र परिवारवादको लागि मात्र चाहेको देखिन्छ ।हिजो २१औं शताव्दीको समाजवाद र सर्वाहारा वर्गको उन्मुक्ति भन्दै जनयुद्धको नाममा धनयुद्ध गरी आफु र आफन्तलाई अर्बपति बनाउने, देशको सत्तामा अस्थिरता ल्याउने, कहिले कांग्रेससँग त कहिले तत्कालिन केपी ओली सरकारको ९ महिले कार्यकालमा तपाईले देखाउनुभएको विगतको व्यवहार त अब नेपाली जनताले भुल्ने छैनन् र त्यसको हिसाव किताव पनि समय क्रममा दिने नै छन् ।विगतको इतिहासको घाउलाई कोट्याउँदै वर्तमान समयमा पनि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको शक्ति संघर्ष पदको लागि हैन भन्दा आम नेपालीले पत्याउनुपर्ने रु अध्यक्ष कमरेड १ अब झुट र आश्वासनको दिन गए । आम नेपाली जनताले बुझेका छन्, तपाईको राजनीतिक खेल कस्तो हुन्छ रु र त्यसलाई कसरी निस्तेज बनाउनुपर्छ भनेर । लोकतन्त्रीक गणतन्त्रमा जनता नै सर्वशक्तिमान हुन्, निर्णायक शक्ति हुन् । जनतालाई आखाँमा कसिङ्गर लगाएर आफ्नो स्वार्थ पूर्ती गर्छुभन्ने सपना नबुनेकै उत्तम हुन्छ ।

पुष्प कमल दाहाल प्रचण्ड ६०औं दशक अघि गाउँका अशिक्षित युवाहरुको महान् नेता थिए । यसमा दुई मत छैन । तर वर्तमान समयमा देशका आम युवाहरु शिक्षित भइसके । शिक्षाको अन्धकारको युगबाट क्रमिक रुपमा उज्यालो युग तर्फ अघि बढिरहेका छन् । त्यसैले तपाईको नियत, नीति सवै नेपालीले बुझिसके ।अब तपाईसँग अर्को पार्टी बनाउँछु र देशको बागडोर सम्हाल्छु भन्ने हिम्मत पनि छैन । र सैद्धान्तिक रुपमा जनताको बहुदलीय जनवाद बोकेको पार्टीलाई कब्जा गर्छु भनि सोच्नु त त्यो तपाईको दिवा सपना मात्र हो । तपाईको रणनीति आम कार्यकर्ताले बुझिसकेका छन् ।माओवादी हुँदा कहिले बाबुरामसँग मिलेर बैद्यलाई पेल्ने त कहिले विप्लवलाई । हलिे पनि नेकपा भित्र तपाईले त्यही अस्त्र प्रयोग गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी ओलीसँग असहमत भएकालाई लिएर असन्तुष्टहरुको मात्र गुट बनाउने र प्रयोग गरी नेकपालाई भस्म बनाउने कार्य कदापी स्वीकार्य छैन । ओलीसँग असन्तुष्टहरुको ढाडमा टेकी ओलीलाई प्रहार गरी आफु सर्वसत्तामान हुने जुन रणनीति लिनुभयो त्यो रणनीति निरर्थक हुनेछन्, भइसकेका छन्, कार्यकारी अध्यक्ष ज्यू ।
अन्त्यमा, कमरेड प्रचण्ड जी संविधान जारी हुँदा त तपाईले नै भन्नुभएको थियो कि ‘साईकल चढ्छु भारतको सामु भुक्दिन’ । तर अहिलेको तपाईको व्यवहार र त्यो समयमा गर्नुभएको प्रतिवद्धता हेर्नुस् । कति चाँडो भुल्नुभयो त्यो आफ्नो प्रतिवद्धता रु तपाईलाई हामी जस्ता कार्यकताले राजनेताको रुपमा हेर्न चाहन्छौं । तपाई पद, पैसा, शत्ती, परिवारवादको अस्थिरता तथा प्रतिपक्षीको लोभ मोह त्योग्नुपर्छ । त्यस्तै भारतको एजेण्डा त्यागेर नेकपाको एजेण्डा बोकी चाँडो भन्दा चाँडो महाधिवेशन गराएर पार्टी र संगठनलाई अझ मजबुद बनाउनुस् । त्सपछि तपाईलाई देश र जनताले सदैव सम्झिरहनेछन् ।