• २०८३ बैशाख १० गते बिहिवार

गजल !”भन्छन समाज वादीकै सरकार छ यहा”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

भन्छन समाज वादीकै सरकार छ यहा,
तर पनि मान्छे बिच ठुलो दरार छ यहा।

महिँगी र भ्रष्टचार चरम चुलिमा देखदा,
लाग्छ छिमेकीहरु नि पहेरेदार छ यहा।

सरकार भन त तीमि कम्युनिष्ट हौ भन्ने,
यो देश भित्र के कस्तो आधार छ यहा।

जातिय क्षेत्रिय बिभेद को बिउ रोप्नेहरु,
देशको हित बिरुद्ध नै ब्यबहार छ यहा।

खुले आम कुट्टिन्छन देश भक्त पत्रकार,
यसमा सामिल बिदेशी औजार छ यहा।

छुवा छुत समाजमा उस्तैछ जस्तो थियो,
राजनीतिले गर्दा घरमै मारा मार छ यहा।

आफ्नो सन्तान बिदेशी गल्लि गल्लि मा,
बिदेशी हरुका ठुल ठुला दरबार छ यहा।

Sharing

प्रतिक्रिया दिनुहोस