• २०८२ असार ५ गते बिहिवार

बाजुरा बुढिनन्दा नगरपालिकामा चट्याङ लाग्दा १ जनाको मृत्यु १ जना घाइते

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

असार २०, बाजुरा । बाजुरा बुढिनन्दा नगरपालिकाको पाटन क्षेत्र कालापाटन भन्ने ठाउँमा चट्याङ लाग्दा ८ बर्षिया बालककोे मृ’त्यु भएको छ भने १ जना घा’इते भएका छन् । बुढिनन्दा नगरपालिका वडा न १० को कालापाटन भन्ने ठाउँमा भैसीखर्कमा बसिरहेकका बेला राती परेको चट्याङ लागेर ८ बर्षिया बालक दिपेश बोहराको घटना स्थलमै मृ’त्यु भएको मृतकका ठुलाबुवा सौउरे बोहरा घा’इते भएको उनका आफन्तले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयमा भने घा’इते भएको खवर प्राप्त भएको मृ’त्यु भएको खवर नआएको प्रहरीले बताएको छ । घटना स्थलतर्फ पाण्डुसैन अस्ताइ प्रहरी पोष्टबाट प्रहरीको टोली हिडीसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटना स्थल पुग्न गाउँबाट करिव ५ घण्टा लाग्ने गरेको स्थानीयले बताएका छन् । घटनाको बिस्तृत जानकारी प्रहरीको टोली घटना स्थल पुगीसकेपछी मात्र आउने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस