• २०८३ बैशाख १३ गते आइतवार

आफ्नो क्षेत्रको खानेपानी योजना आफ्नै कार्यकालमा पुरा गर्छु : प्रदेश सभा सदस्य साउद

पढ्न लाग्ने समय : २ मिनेट
  • राम बिश्वकर्मा, कैलाली 

पौष १९, कैलाली । आफनो क्षेत्र खानेपानी योजना आफनै कार्यकालमा पुरा गर्नै प्रदेश सभा सदस्य माननिय अम्मर बहादुर साउद बताउनुभएको छ ।आज कैलाली को घोडाघोडी नगरपालिका १ सुखडमा रहेको सुखडमा रहेको दरख खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य माननिय अम्मर साउदले आफनो क्षेत्रको खानेपानी योजना आफनै कार्यकालमा पुरा गर्नै बताउनुभएको हो ।

घोडाघोडी नगरपालिका केही वडाहरुमा खानेपानीका योजना पारिसकेको र थप नपरेका वडाहरु आफनो कार्यकाल भित्र सबै वडाहरु खानेपानी योजना हरु पुरा गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

साथै दरख खानेपानी उपभोक्ता तथा सरसफाई समिति भित्र भएका बोरीङहरुमा आश्यकता अनुसार पानी नआउनु प्रमुख समस्या रहेको बताउनु भएको छ । सस्थाले टि डि एफ सग सम्झौता गरे अनुसार प्रति धारा १० हजार लिटर बराबर रु २७० तिरेको खण्डमा मात्र सस्थाले ऋण तिर्नसक्छौ भन्ने कुरा साबिकका ३ वटा गाबिस रामशिखरझाला, दरख र साडेपानी ले सम्झौता गरेको छ । तर आज सस्थाले प्रति धारा १० हजार लिटर बराबर रु १८० मात्र दिने व्यवस्था गरेकाले सस्था बढी ऋणमा गएको प्रदेश सभा सदस्य माननिय साउदले बताउनुभएको छ ।

खानेपानीमा शुद्धता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको दरख खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो साधारण सभा आज सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष निरज मल्लको सभापतित्वसगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य माननिय अम्मर साउद रहनुभएको थियो । त्यस्तै बिशिष्ट अतिथीमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी, नगर उपप्रमुख प्रेम कुमारी थापा रहनुभएको थियो । त्यस्तै अतिथीहरुमा वडा न १ वडाध्यक्ष मनराज शाहि, वडा न ४ का वडाध्यक्ष टेक ब बुढा, वडा न ७ वडाध्यक्ष धनब बम लगायत बिभिन्न सघसस्था प्रतिनिधिहरु रहनुभएको थियो ।

त्यस्तै खानेपानी सस्थाको स्थापनाकाल देखि बिभिन्न काल खण्डमा सहयोग गर्नै ३ जना सहयोगी द्धाताहरुलाई सम्मान गरेको छ । बोड्रिङ हाल्नको लागि निशुल्क जग्गा दिने जग्गा धनि बिकाश जोशी, स्थापनाकाले देखि सस्थालाई सहयोग गर्न सस्थागत अध्यक्ष नन्दराम जोशी र सस्थाका पुर्व अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथी माननिय प्रदेश सभा सदस्य अम्मर साउदलाई सम्मान गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस