चैत २१, कैलाली । बिश्वब्यापी रुपमा रहेकाे नाेबेल काेराना भाइरस अथार्त (काेभिड १९) संक्रमण लक्षित गर्दै वडा न ११ द्वारा अति बिप्नन वर्गहरुलाई राहत बितरण गरिएकाे छ।

विश्व नै त्रसित भएकाे बेला केही खाद्यान्न र सरसफाइ सामाग्री वडा भरिमा रहेका गरिब, बिप्नन , एकल महिला, लगायत लक्षित समुदाय लाई हरुलाई सामाग्री बितरण गरिएको वडाध्यक्ष दानसिङ जाेगिले बताए।
प्रती व्यक्ति १५ केजि चामल, २ केजि दाल ,१ केजि तेल र साबुन बितरण गरिएको बताइएको छ। वडा भरिमा ९ वटा टाेलहरुमा लक्षित गरि बितरण गरिएको वडाध्यक्ष जाेगिले बताए। वडाले याे संकटकाे घडिमा सामाग्री हस्तान्तरण गरेकाे भन्दै स्थानीयले वडालाई धन्यवाद दिएका छन्।