खुट्टा मा सिर निहुराइ आमाको आश्रिवाद लिएर आयको हुँ म!
बगेको आशु को बदला मा खिस्शिक्क हास दिएर आएको हुँ म|
भुटेको मकै भटमाश सँगै झोला मा राख्दिनु भयो आमाले अर्नी!
पर्यो बैराक को गाठो मुटु मा नझारी आसु पिएर आएको हुँ म|
निस्किदा संघार बाट भाईर सम्लिन गाह्रो थियो बिछुट को घरी!
एक मुट्ठी माटो र दुई थुङगा फुल निशानी लिएर आएको हुँ म|
थिएन म सँग बाबा को चिनो गहिरो सम्झना बाहेक कुनै थोक!
लेखे को नाउ राखी खोल्टि को मुख समेत सिएर आएको हुँ म|
केथा मलाई यहाँ आमा र बाउको पनि मुख हेर्ने दिन आउनेछ!
उनैले दिएको निशानी यो जिन्दगी सधैंलाई जिएर आएको हुँ म|
सुरेशकुमार पाण्डे!