• २०८३ बैशाख १८ गते शुक्रवार

गजल

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

छिमेकी सँग नी हार गुहार गरेर,
साम्राज्यावादी पुरा सुसार गरेर।

जनताहरु लाई छक्काई मरायो,
नाच्यो लाश माथी गद्धार गरेर।

नगरेको होईनन शहीदको खेती,
आफ्नो मत्लबको तकरार गरेर।

कता गयो बहाव जन क्रान्तिको,
हरायो देशको नै बेडा पार गरेर।

अहिले देखाउँदै छन हेर तमाशा,
सरकार संसदमा मारा मार गरेर।

बिदेशको ईसारामा कटपुत्लीहरु,
सात टुक्रापारे देश चराचार गरेर।

लथालिङ्गै पारे क्रान्तिकारी धारनै,
आफनो ब्यबहारलाई बेकार गरेर।

Sharing

प्रतिक्रिया दिनुहोस