• २०८३ साउन १६ गते शनिवार

सरु आस्थाको कविता “म घर अपाएक शिक्षक”

सरु आस्था पढ्न लाग्ने समय : १ मिनेट

मैले आफ्ना परिवार , आफन्तबाट टाढा हुनुपर्छ
सुखदुःख अरुसँग साट्ने हैन
दूर दराजमा एक्लै रुनुपर्छ
आफ्नो खुसी तिलाञ्जली दिएर
मनभरिकक ईच्छा आकाङ्क्षा मारेर
बाँच्नुपर्छ मैले खाली विद्यार्थी र शिक्षण भनेर ।

मलाई त कुनै समस्या पर्दै पर्दैन
जीवनले खुसी र सुखको आस गर्दै गर्दैन
छोराछोरी आफैँ हुर्किन्छन् मेरा
भविष्य आफैँ बनाउँछन्
घरमा छैन नि त म त्यसैले एक्लै रमाउँछन्
घरका जेष्ठ नागरिकप्रति
मेरो कुनै कर्तव्य छैन
म नारी, घर सम्हाल्नुपर्ने हो
तर मलाई कुनै जिम्मेवारी आइपर्दैन ।

मेरा आफन्तजनप्रति मेरो कुनै कर्तव्य छैन
मर्दा, पर्दा म जानै पर्दैन
बिहे, व्रतबन्ध, पूजाआजा केहीमा पनि भ्याउँदिन
भो जागिर नै ठूलो मेरालागि
राम रमाइलो अरू त केही गर्न पाउँदिन ।

खान त खाएको हो नि सरकारी जागिर
भन्छन् सबैले बलियो रहेछ तगदिर
घरखर्च चलाउ फेरि आफ्नो छुट्टै छ खर्च
बाटो खर्चको कथा बेग्लै छ
गर्नुनपरे महिनाभरिको नुनतेल टर्छ
खल्तिभरि न त छ पैसा न परिवार साथ
जताबाट हेर्दा पनि खाली देखिन्छ हात
जुन सरकार आएपनि गर्ने शिक्षकको अनादर
अप्ठ्याराको फर्सी जस्तो लाग्न थाल्यो हिजोआज जागिर
किनभने म घर अपाएक शिक्षक ।।

Sharing

प्रतिक्रिया दिनुहोस