• २०८१ जेष्ठ ६ गते आइतवार

दाङको राप्ती गाउँपालिकाको स्यानीघोषमा सञ्चालनमा नआउदै मगर होमस्टेको उद्घाटन

पढ्न लाग्ने समय : २ मिनेट
  • ओमप्रकाश गुप्ता

पौष १५, दाङ ।सिसहनियाँ १५ पुस दाङ देउखुरीको सुगम ठाउँको दुर्गम गाउँ राप्ती गाउँपालिका २ स्यानीघोषमा मगर होमस्टे सञ्चालनमा नअाउँदै उद्घाटन गरिएको छ । राप्ती गाउँपालिकाको २ नम्बर वडा कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर होमस्टेको उद्घाटन गरेको छ ।

कुल २४ घरधुर रहेको सो गाउँ मगरबस्ती हो । कार्यक्रम स्थलमा एउटा बनकसले छाएको छानोको घरमा मगर होमस्टेको बोर्ड राखिएको छ तर भित्र कोठा पुरै खाली छ । वरिपरि हेर्दा न शाैचालय छ नत खानेपानी नै । समस्या नै समस्यामै दिन रात बिताइरहेका ति बस्तीका बासिन्दा, गाउँका अगुवा र टोल विकास समितिका अध्यक्ष कसैलाई पनि थाहा छैन कति वटा घरमा होमस्टे सञ्चालन हुँदै छ र कति बजेट हो भन्ने कुरा। यस विषयमा वडा अध्यक्ष जगतबहादुर थापा सँग जिज्ञासा राख्दा होमस्टे सञ्चालनको प्रक्रियामा रहेको बताउदै आवासीय हुन नसके पनि दिवाकालिन रूपमा सञ्चालनमा आएको बताए । उनले खानेपानी र शाैचालय निमार्ण हुना साथ आवासीय हुने बताएका छन् ।

वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चाैधरीको प्रमुख आतिथ्यतामा भएको होमस्टे उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धर्मराज अधिकारी, नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे, राजमोका रमेशमान गुरूङ, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, वन महासंघ राप्ती गाउँपालिका अध्यक्ष हरि भुसाल राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरी, साविक लालमटिया गाविसका पुर्व अध्यक्ष दोर्ण भुसाल र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य पिमा गाहा मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा सचिव दामोदर पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस