• २०८१ जेष्ठ ६ गते आइतवार

बन्चरेडाँडामा सहरी विकास राज्यमन्त्रीको पहलमा अवलोकन कार्यक्रम हुदैं

पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, काठमाडौं । पुस १८ गते बिहान सहरी विकास राज्यमन्त्रीको पहलमा बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइटको अवलोकन कार्यक्रम हुने भएको छ ।

गत पुस ३ गते शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइड निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिएका थिए ।उनले काठमाडौंको फोहर व्यवस्थापनको दिर्घकालिन समाधानका लागि आफु निरन्तर लागिपर्ने बताएका छन ।

काठमाडौंका दश वटै नगरपालिकाका प्रमुख, नुवाकोट र धादिङका सम्बन्धीत स्थानीय तहका प्रमुख र सांसद तथा स्थानीयहरुसँग छलफल हुने भएको हो । काठमाडौंको फोहर व्यवस्थापनका लागि बनाउन लागिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणमा देखिएको अवरोध समाधानका लागि पहल गरिने कार्यक्रम रहेको छ । कम्तिमा सय वर्षलाई काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिने गरि बन्चरेमा ल्याण्डफिल्ड साइड बनाईदैछ । ल्यानफिल्ड साइडको वर्तमान अवस्था र काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा भइरहेको दिर्घकालिन पहलका बारे पनि छलफल गरिने सहरी विकास राज्यमन्त्री निकट श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस