• २०८१ जेष्ठ ६ गते आइतवार

मलेसियाको श्रम स्वीकृति आइतबारदेखि खुल्ने

पढ्न लाग्ने समय : १ मिनेट

चैत १४ , काठमाडौं । मलेसियाले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएसँग अब कलिङ्ग भिसा लागेका कामदारलाई श्रम स्वीकृति दिने कार्य शुचारु गर्न लागिएको हो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग भने, ‘आगामी आइतबारदेखि मलेसिया कामदार पठाउने काम शुरु हुन्छ ।

लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी आइतबारदेखि खुल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पहिलो चरणमा कलिङ्ग भिसा लागेका ७ हजारभन्दा बढी कामदारलाई मलेसियाको अन्तिम श्रम स्वीकृति दिइने छ ।

नेपाली कामदारका लागि गत जेठ महिनादेखि मलेसियाको रोजगारी बन्द रहेको थियो । गत कात्तिक १२ गते मलेसिया र नेपालबीच भएको श्रम सम्झौताको मर्मअनुसार आगामी आइतबारदेखि अन्तिम श्रम स्वीकृति दिने कार्य शुचारु हुन लागेको हो ।

आइतबारदेखि अन्तिम श्रम स्वीकृति दिन थालिने भएपछि कलिङ्ग् भिसा लागेका कामदारले आफूले राहदानी बुझाएका म्यानपावर कम्पनीमा सम्पर्क गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस