
नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु र टोक्नु’ भनेजस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि नागरिकले बाकसमा थन्याएर राखेका हुन् ।
पाँचथरमा १ लाख १० हजार र सिंहदरबारमा ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने योजनाअनुसार सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको छ । यो समाचार कारोबार दैनिकमा दिपक बोहोराले लेखेका छन् ।