• २०८३ बैशाख १७ गते बिहिवार

शेयर बजार लगातार चाैथाे काराेबार दिन घटेर २६ सय विन्दुमुनि झर्‍याे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडैं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव ९७ विन्दुमा झरेको छ । शेयर बजार लगातार चाैथाे काराेबार दिन घटेकाे हाे ।

आज सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर ३ दशमलव १३ प्रतिशत र जलविद्युत् समूहको शेयर २ दशमलव ७८ प्रतिशतले ओरालो लागेको छ । आज प्योर इनर्जी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन जोशी हाइड्रोपावर लेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ११ अर्ब २३ करोडको कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका २ करोड १५ लाख कित्ता शेयर ९ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस