• २०८३ बैशाख २१ गते सोमवार

भद्रपुर-ताप्लेजुङ सीधा उडान शुरु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, ३० ताप्लेजुङ । सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन आजदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका अनुसार ती क्षेत्रका उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने विश्वास व्यक्त गरेको छ । १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस