• २०८३ बैशाख २० गते आइतवार

६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । बुधबार साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।

नेपाल प्रहरीले जारी गरेको १२ बजेसम्मको अपडेट अनुसार विभिन्न १३ स्थानका राजमार्गमा बाढीपहिरो गएको छ । जसमध्ये ६ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ६ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । एक स्थानमा भने पहिरो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको राप्ती राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ ।

त्यस्तै, कालिकोटको सुर्खेत सडकखण्ड र कर्णाली राजमार्ग खण्ड पूर्णरुपमा अवरोध छ । सुर्खेतको सुर्खेत–हुम्ला सडक र जाजरकोट सडक पनि पूर्णरुपमा अवरोध छ ।

May be an image of text

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस