- ✍️प्रकाश घायल
१ )
छिर्ने बित्तिकै झ्याप्पै बत्ति निभायौ कोठा भित्र
उन्मातले अंग अंगमा हात पुरायौ कोठा भित्र
खुब चल्यौ दुवै पसिनाले निथ्रुक्क भिज्ने गरि,
स्वर्गीय आनन्दमा मज्जाले रमायौ कोठा भित्र।।
२)
सोच्नै गार्हो रहस्यमय रात रह्यो कोठाभित्र
दुखसुखका मिठामिठा बात भयो कोठाभित्र
मधुर प्रकाशमा रंगीन सपना सजाउ भन्दा त,
खुसी लुटेर दैवले बिस्मात गरायो कोठाभित्र।।
३)
जेनतेन हाँसो नखुसी आराम छ कोठाभित्र
लाज ढपक्क ढाकेको सरम छ कोठाभित्र
जस्ले जसरी बुझ्छन् बुझुन यो आसयलाइ,
कति सज्जन कति हराम छ कोठाभित्र।।
४)
कोही हाँस्दै कोही चिच्यायो कोठाभित्र
कसै कसैले हलचल मच्चायो कोठाभित्र
बेहोसी अनि बेसुरमा धेरै गल्ती हुदो रहेछ,
गल्ती गरेर पनि फेरि सच्चायो कोठाभित्र।।
५)
चुहिएको मन मायाले छाउनु कोठाभित्र
मुटुमा मिठो हलचल ल्याउनु कोठाभित्र
रहर सबैमा हुन्छ मीठो सपनामा रमाउने
केही पाउनलाई केही गुमाउनु कोठाभित्र।।
फुटुङ्ग,काठमाडौ ।