• २०८२ असार ५ गते बिहिवार

चक्रपथ सरसफाई महाअभियान : १०० औं सप्ताहको विशेष कार्यक्रम

पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । फोहोर टिपेर बस्ने हैन , फोहोर नफाल्ने प्रण गरौं भन्ने नाराका साथ सुरु भएको चक्रपथ सरसफाई महाअभियान अन्तरगत आज १०० औं सप्ताहको विशेष कार्यक्रम सम्पन्न भएको छ ।


माननिय वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विशेष अतिथी पुर्व मन्त्रि अजुर्न नरसिङ के. सी रहनु भएको थियो । २०७० जेठ ५ बाट सुरु भएको बाग्मती सफाइ अभियान को सुरुवात पछि बाग्मती मात्र सफा भएर हुदैन सबै तिर सफा बनाउनु पर्छ भन्ने  उद्देश्यका साथमा चक्रपथ सरसफाई महाअभियानको सुरुवात २०७४ बैशाख २ बाट यो अभियान सुरुवात गरिएको हो ।

फोहोर टिपेर बस्ने हैन , फोहोर नफाल्ने प्रण गरौं भन्ने नाराका साथ आफुले फोहोर नगरौ र फोहोर जथाभावी नफाल्यौ भन्ने उद्देश्य नै यस संस्थाको रहेको संस्थाका संयोजक लोक बहादुर टण्डन ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस