कार्तिक २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । यस्तै पछिल्लो चौबीस घण्टामा ८५३ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ७३६ जना सङ्क्रमित थपिएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । हाल ३८ हजार ३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ ।