• २०८१ बैशाख १९ गते बुधवार

सरकारी सम्पती हिनामीना गरेको आरोपमा कारवाही प्रक्रिया सुरु

पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौं । जिल्ला प्राविधिक कार्यालय, भोजपुरले उन्नति कार्यक्रम अन्तर्गत भोजपुर-टक्सारकोट-गगने-लेखर्क सडक स्तरोन्नति गर्न ठेक्का नं. DTO/UNNATI-BHOJPUR-01-072/073 मा नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिई सरकारी सम्पती हिनामिना गरेका छन ।

नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा एम.के.वाई.पी.जे.भी.को तर्फबाट दुई पटक नक्कली बैंक ग्यारेण्टी पेश गरी मोबिलाईजेसन रकम माग गरि कृषि विकास बैंक, मुख्य शाखा कार्यालय, रत्नपार्कबाट पेश भएको बैंक ग्यारेण्टीको बैधतासम्बन्धी कुनै शोधपुछ र पुष्टयाइ नलिई निर्माण कम्पनीका प्रतिनिधि तथा सञ्चालकहरुसँग मिलेमतो गरी सरकारी सम्पत्तिको हानिनोक्सानी पुर्यारउने र आफूले लाभ लिने उदेश्यले नक्कली बैंक ग्यारेण्टीका आधारमा मोबिलाईजेसन रकम उपलब्ध गराई सरकारी सम्पत्तिको वदनियतसाथ हिनामिना, हानिनोक्सानी गरेको स प्रमाण पुष्टि हुन आएको हो । उक्त कार्यमा संलग्न देहाय बमोजिमका व्यक्तिहरू उपर देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस