• २०८१ बैशाख १९ गते बुधवार

पूर्वराजाको मधेस भ्रमण रोकियो

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबारदेखि गर्ने भनिएको तराई मधेसका चार जिल्लाको भ्रमण आमा रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएर अस्पाल भर्ना भएकाले रोकिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबारदेखि धनुषा, सर्लाही, सप्तरी र उदयपुरको भ्रमण गर्ने कार्यक्रम थियो । हाललाई यो भ्रमण रद्द भएको छ । पूर्वराजाको सचिवालयका तर्फबाट जारी सूचनामा भनिएको छ ‘आजबाट सुरु गर्न लागिबक्सेको निजी भ्रमणको कार्यक्रम पूर्व श्री ५ मुमा बडामहारानी सरकारको स्वास्थ्यमा केही समस्या देखा परेपछि काठमाडौं सवारी होइबक्सनु परेको हुँदा हाललाई स्थगित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस