• २०८१ बैशाख १४ गते शुक्रवार

गाउमै नसडाउ भन्दै सरकारी डाक्टरहरुको प्रदर्शन

पढ्न लाग्ने समय : १ मिनेट

२८ माघ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको विरोध गर्दै सरकारी डाक्टहरुले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विधेयकमा विभेदकारी व्यवस्था गरिएको भन्दै आन्दोलनरत सरकारी डाक्टरहरुले सोमबार बीर अस्पतालदेखि माइतीघर मण्डलासम्म विरोध र्‍याली निकाले । र्‍यालीमा सहभागीहरुले ‘सरकारी चिकित्सकहरुलाई गाउँगाउँमा पठाऊ तर बँधुवा मजदुर नबनाऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

सबै चिकित्सकहरुलाई केन्द्र मातहत राख्न माग गर्दै उनीहरु आन्दोलनरत छन् । ‘संघीयता भनेको सिंहदरबारलाई गाउँ–गाउँमा लैजाने हो तर केन्द्रका केन्द्रमै रहिरहने र जो पहिलेदेखि नै गाउँमै सेवारत छन्, उनीहरुलाई गाउँमै सडाउने षड्यन्त्रअनुसार संघीय निजामती सेवा विधेयक आएको भन्ने आरोप चिकित्सकहरुको रहेकोछ ।

प्रतिक्रिया दिनुहोस