• २०८३ जेष्ठ २० गते बुधवार

बेवारिसे भरुवा बन्दुक बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, कञ्चनपुर । प्रहरीले बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । कृष्णपुर नगरपालिका वडा नं।२ बाणीस्थित आदर्श सामुदायिक वन गोलाबारी सामुदायिक वनको बिच खोलाको किनारबाट बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारेको प्रहरीले बताएको छ ।

सोमबार इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको टोलीले उक्त बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस