• २०८३ बैशाख १५ गते मङ्गलवार

सर्वोच्च अदालतको समस्या संवादबाट नै समाधान गर्छौ  :अध्यक्ष माधवकुमार नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए ।

अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताए । आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो भन्नेहरूको मानसिकता नै खराब भएको उनको टिप्पणी छ । उनले अरु निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस