पौष १७, काठमाडौं । विभिन्न पत्रपत्रिका एवं अनलाइन सञ्चार माध्यममार्फत नापी कार्यलय भक्तपुरको बारे नियतबस भ्रामक समाचार सम्प्रेषण भएकोमा आफ्नो ध्यानाकर्षण भएको जिल्ला नापी कार्यलय भक्तपुरले जनाएको छ। भष्ट्रचार जस्तो गम्भीर बिषयमा आफू सधै सजक रही प्रचलित कानुन अनुसार कार्यसम्पादन गर्दै आएकोमा प्रमाण बिना व्यक्तिगत छविमा धक्का पुर्याउने नियतले समाचार प्रकाशित नगर्न अनुरोध गर्दै प्रमाण पुर्याएर आएमा आफू कानुन बमोजिम सजाय भोग्न तयार रहेको नापी कार्यलय भक्तपुरका प्रमुख डा. प्रदीप सापकोटा उपाध्यायले बताएका छन् ।

कार्तिक १ गतेबाट भक्तपुरमा कार्यभार ग्रहण गरेका सापकोटाले आफू प्रचलित ऎन नियमको परिधिभित्र रहेर मन ,वचन र कर्मले सेवाग्राही र कार्यलयको सेवामा प्रतिवद्व हुँदै कार्यलयको कार्य सम्पादन गर्दै आएको बताएका छन् ।
नापी कार्यलयमा जनताहरु(सेवाग्राही ) सँग सहजै उपलब्ध भई समस्याहरुको सामधान गर्ने कार्यको सुरुवात भएकोमा सेवाग्राही उत्साहित भएको समेत सापकोटाले बताएका छन् ।