• २०८३ बैशाख १० गते बिहिवार

दाङ–काठमाडौं हवाइ भाडा घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौे, १० दाङ ।  दाङ-काठमाडौंको हवाइ भाडामा समायोजन भएको छ।

बिहीबार देखि लागू हुने गरी भाडा दरमा समायोजन भएको नेपाल वायुसेवा निगम तुलसीपुर दाङका प्रमुख निमकान्त लम्सालले जानकारी दिए ।

उनका अनुसार बिहिबारदेखि लागू हुनेगरी न्यूनतम हवाइ भाडादर ५ हजार ७७० देखि ६ हजार २७० रुपैयाँ तोकिएको हो। यसअघि काठमाडौं-दाङको भाडा दर ७ देखि ९ हजार २५५ रुपैयाँ रहेको थियो।

भाडादर महँगो हुँदा यात्रुहरूले महिनौँदेखि मार खेप्दै आइरहेका थिए।

वि.सं. २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ एयरपोर्टमा हप्ताको ५ दिन उडान हुने गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस