• २०८३ जेष्ठ २६ गते मङ्गलवार

रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, जाजरकोट । बारेकोट गाउँपालिका-८ सेपुखोलास्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपाण्डाको जस्तो देखिने छाला १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय लोक बहादुर रोकाय र सोही ठाउँ बस्ने २० वर्षीय गोरख बहादुर रोकाय रहका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस