• २०८३ जेष्ठ ३ गते आइतवार

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, चितवन। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुनुभएको हो । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको हो ।

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन ।

Sharing

प्रतिक्रिया दिनुहोस