मंसिर १३, काठमाडौं । आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।