मंसिर ५, काठमाडौं। आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।