• २०८३ असार ६ गते शनिवार

बर्दगोरियाका ६ वटै वडामा काङ्ग्रेसको अधिवेशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८,कैलाली । नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर २ अन्तरगत बर्दगोरिया गाउँपालिकाका ६ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । केही वडामा सर्वसम्मत र केही वडामा सहमतिका आधारमा अधिवेशन भएको थियो भने कतै निर्वाचन भएको हो ।

यहाँका अधिकाङ्स वडामा मोहन सिंह राठोर निकट प्यानल बिजयी बनेको छ । बर्दगोरियामा कमल बहादुर शाह र राठोर पक्षबिच बिगत देखि नै प्रतिस्पर्धा देखिदै आएको थियो । वडा अधिवेशनमा समेत यी दुबै प्यानल चुनावी मैदानमा उत्रिएका थिए । बर्दगोरियाका ४ वटा वडामा राठोर प्यानलले जित निकालेको छ भने दुई वडामा शाह निकट प्यानल बिजयी बनेको विश्लेषण गरिएको छ ।

बर्दगोरियाको वडा नम्बर ४ मा सर्वसम्मत नेतृत्व चयन भएको थियो भने वडा नम्बर ३ मा सहमति र सहकार्य भएको थियो । यस्तै वडा नम्बर १ ,२, ५ र ६ मा निर्वाचन भएको हो ।

वडा नम्बर १ मा दिपेन्द्र कुमार बम, वडा नम्बर २ मा राजेन्द्र बम, वडा नम्बर ३ मा नन्दबहादुर विष्ट, वडा नम्बर ४ मा धिरेन्द्र बहादुर शाही, वडा नम्बर ५ मा हरिराम डगौरा र ६ मा बुधराम चौधरी निर्वाचित भएका छ्न ।

Sharing

प्रतिक्रिया दिनुहोस