• २०८३ असोज २२ गते बिहिवार

अवैध लागूऔषध सहित बिभिन्न् स्थानबाट मानिसहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका(३ बिचपट्टी भन्ने स्थानबाट ३ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बेलडाँडी गाउँपालिका-५ ईमलिया बस्ने २१ बर्षीय गोपाल रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आइरहेको से।१ प ५०१८ नम्बरको मोटरसाइकल प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल नेपाल बिओपी झिलमिलाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा मोटरसाइकल चालक गोपालको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस्तै बर्दिया, मधुवन नगरपालिका-८ लालिबजारबाट २ ग्राम ४ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ थान नापतौल गर्ने डिजिटल काटा र नगद २१ हजार १ सय ७० रुपैयाँ सहित गुलरिया नगरपालिका-२ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस