• २०८३ कार्तिक १८ गते मङ्गलवार

लागू औषधसहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, बुटवल । लागूपदार्थसहित चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा–४ शिवनगरका शङ्कर नेपाल, तिलोत्तमा–३ का केशव गिरी र बुटवल उपमहानगरपालिका–११ का दीपक नेपाली पक्राउ परेका हुन् ।

बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरूको साथबाट ११ ग्राम ब्राउन सुगर जफत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल–१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल बस्ने रबी लामा रहेका छन् । उनको साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस