• २०८३ बैशाख २३ गते बुधवार

‘प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्छ’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १२, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा माग गरेको छ । समाजका सभापति गोविन्द खनालले आज एक विज्ञाप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाले तुरुन्त राजिनामा दिनुपर्ने माग गर्नुभएको हो । प्रधानन्यायाधीश राणा नैतिक रुपमा च्युत भइसकेको पनि उहाँले बताउनु भएको छ ।

न्यायाधीश जबराको राजीनामा नदिने अडानले न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको समाजको ठहर छ । जारी विज्ञप्तिमा भनिएको छ।‘एकातिर न्यायिक क्षेत्रका जिम्मेवार व्यक्ति एवं निकायसहित न्यायालयको निष्पक्षताप्रति गम्भीर चासो व्यक्त गर्ने अधिकांशले प्रधान न्यायाधीशको राजिनामाको माग गरेको, अर्कोतिर प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको छ ।

अराजकता लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुन सक्ने समाजले बताएको छ । ‘यो असामान्य अवस्थालाई सामान्यिकरण गर्ने प्रमुख दायित्व प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको भएको हुँदा प्रधान न्यायाधीश राणाले शीघ्र राजीनामा दिइ निकास दिन मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

राजनीतिकरण, विचौलियाको विगविगिले न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको सभापति खनालले बताउनुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ। ‘मानव अधिकार तथा शान्ति समाजले लामो समयदेखि न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शिताबारे न्यायिक नेतृत्वहरुलाई ध्यानाकर्षण गराउँदै आएको थियो भने राजनीतिक वा अन्य दवाव वा प्रलोभनबाट न्यायाधीशहरुको नियुक्ति र बढुवा प्रभावित हुनु हुदैँन भन्नेमा जोड दिँदै आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस