• २०८३ बैशाख ८ गते मङ्गलवार

अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । बिहीबार संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहमदले सो कुरा बताउनुभएको हो ।उहाँले सुरक्षा परिषदमा ब्रिफिङका क्रममा अफ्रिकालाई सहयोग गर्न भन्नुभएको हो । उहाँले भन्नुभएको थियो कि अफ्रिकालाई यतिखेर खासगरी सबैभन्दा बढी सहयोग काभिड १९ का विरुद्धमा चाहिएको छ ।

अफ्रिकालाई कोभिडका विरुद्धमा खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गर्न विश्वका नेताहरुमा ऐक्यबद्धता हुनुपर्ने उहाँले बताउनुभएको थियो ।साथै उहाँले यसका अतिरिक्त दिगो विकास र आर्थिक क्षेत्रमा पनि अफ्रिकालाई विश्वका देशहरुले ऐक्यबद्ध भएर सहयोग गर्नु पर्दछ ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका तर्फबाट उहाँले राष्ट्रसंघीय सुरक्षा परिषदमा बोल्दै अफ्रिकालाई अहिले विशेष गरी तीन क्षेत्रमा सहयोग चाहिएको धारणा राख्नुभएको हो ।

उहाँले तत्कालका लागि अफ्रिकालाई खोप चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो– अहिले तत्कालै अफ्रिकालाई कोभिडको खोप अति अवाश्यक छ र यसका लागि विश्वका देशहरुले खोप तथा खोप किन्नका लागि अनुदानको आवश्यकता परेको छ ।त्यस बाहेक अफ्रिकालाई अन्य दिगो विकासका साथै आर्थिक सहयोग लगायतका क्षेत्रमा सहयोग आवश्यक परेको भन्दै यसका लागि विश्वका देशहरुको ऐक्यबद्धता आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस