जेठ ६, काठमाडौं । स्वीजरल्याण्डले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । १३औँ पटक विश्वकपमा सहभागिता जनाउने तयारीमा रहेको स्वीजरल्याण्डको सबैभन्दा राम्रो उपलब्धि सन् १९३४, १९३८ र १९५४ मा पुगेको क्वार्टरफाइनल नै हो ।

मुख्य प्रशिक्षक याकिनले अनुभवी खेलाडी र युवा प्रतिभालाई समेट्दै सन्तुलित टोली तयार गरेका छन् । लामो समयदेखि चोटका कारण कम खेलिरहेका फरवार्ड जेकी आम्दोनी पनि अन्तिम टोलीमा परेका छन् । उनको घुँडामा गम्भीर चोट लागेको थियो तर उनी पुनः टोलीमा फर्किएका छन् ।
टोलीको नेतृत्व ३३ वर्षीय मिडफिल्डर ग्रानिट जाकाले गर्नेछन् । उनले योसँगै लगातार चौथो विश्वकपमा कप्तानी गर्दै आफ्नो राष्ट्रिय कीर्तिमान १४४ क्याप पनि विस्तार गरेका छन् ।
याकिनको छनोटमा केही अप्रत्याशित नाम पनि परेका छन् । क्रिस्टियन फास्नाख्ट र सेड्रिक इत्तेन पछिल्ला वर्षमा धेरै कम खेल्ने भए पनि उनीहरूलाई टोलीमा समावेश गरिएको छ। फास्नाख्टले भने यस सिजन घरेलु लिगमा १८ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।
स्विस क्लबबाट भने सीमित खेलाडी मात्र समावेश भएका छन्। फास्नाख्ट र गोलकिपर मार्विन केलर मात्र घरेलु क्लबबाट टोलीमा परेका हुन्।
स्विट्जरल्यान्डलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सधैं अन्डरडग टोलीका रूपमा हेरिन्छ। तर उनीहरूले ठूला टोलीविरुद्ध पनि महत्वपूर्ण जित निकाल्दै आश्चर्यजनक प्रदर्शन गर्ने गरेका छन्। यस पटक पनि उनीहरू प्रतियोगितामा प्रभाव छोड्ने लक्ष्यमा छन्।
विश्वकप खेल्ने टिम:
गोलकिपर: ग्रेगर कोबेल, योभोन म्भोगो । मार्विन केलर
डिफेन्डर: म्यानुएल अकान्जी, निको एलभेदी, रिकार्डो रोड्रिगेज, सिल्भान विडमर, मिरो मुहाइम, अरेल आमेन्दा, एराय कोमर्ट र लुका याकेज ।
मिडफिल्डर: ग्रानित झाका, जोहान मान्जाम्बी, रेमो फ्रुलर, डेनिस जाकारिया, आर्डोन जाशारी, द्जिब्रिल सोउ, क्रिस्टियन फास्नाख्ट, मिशेल आबिशेर, फाबियन रिडर र रुबेन वर्गास ।
फरवार्ड; ब्रिल एम्बोलो, नोआ ओकाफोर, डान न्दोये, जेकी आम्दोनी र सेड्रिक इत्तेन ।
विश्वकपमा स्विट्जरल्यान्डले जुन १३ मा कतारसँग, जुन १८ मा बोस्निया र हर्जगोभिनासँग र जुन २४ मा क्यानडासँग खेल्ने छ ।