• २०८३ असार ९ गते मङ्गलवार

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो ।

लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले उनीहरूलाई जनही २ वर्षको कैद सजायको फैसला सुनाएको थियो। त्यस्तै, पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको थियो।

तर, जिल्लाको आदेशविरुद्ध अन्य प्रतिवादीहरू पुनरावेदनमा गएका थिए। लामा भने पुनरावेदनमा नगएकाले उनलाई पक्राउ गरिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस