• २०८३ बैशाख २४ गते बिहिवार

ढोरपाटन आरक्षमा नाउर र झारल सिकार खुला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । आजदेखि जङ्गली जनावर नाउर र झारल सिकार गर्न खुल्ला गरिएको सिकार आरक्ष कार्यालयले जनाएको छ ।

नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकारयामका लागि १० नाउर र ६ झारलको सिकार अनुमति दिएको छ । सोही अनुसार विदेशी सिकारी आरक्ष क्षेत्रमा पुगेका हुन् । आगामी कात्तिक २ गतेदेखि मङ्सिरसम्म सिकार पर्यटन जारी रहनेछ । विभागले हरेक वर्ष दुई याम गरी वार्षिक २० नाउर र ११ झारलको सिकार गर्न अनुमति दिने गर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस