• २०८३ जेष्ठ ६ गते बुधवार

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु, ट्रयाक्टर चालक फरार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, सर्लाही ।  सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् ।घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो ।ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस