• २०८३ असार १७ गते बुधवार

साफ च्याम्पियनसिप : फाइनलमा नेपाल र भारत दुवै टिम प्रमुख प्रशिक्षकविहीन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आज राति नेपाल र भारतबीच उपाधि भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

यसपटकको साफको फाइनलमा दुवै टिमलाई प्रमुख प्रशिक्षकको साथ भने हुनेछैन। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अघिल्ला खेलमा पाएका कार्डका कारण नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी तथा भारतका प्रशिक्षक इगोर स्टिमाचलाई फाइनल खेलाउन प्रतिबन्ध लगाएको छ। साफले प्रशिक्षक अलमुताइरीले समूह चरणमा दुई खेलमा पहेँलो कार्ड पाएकाले प्रतिबन्ध लगाएको हो।

अलमुताइरीले श्रीलंकाविरुद्ध र लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेँलो कार्ड पाएका थिए। तर यो प्रतिबन्ध नियमविपरित भएको भन्दै अलमुताइरीले आफूमाथि अन्याय भएको बताएका छन्।

यता भारतीय टिमका प्रशिक्षक स्टिमाचले माल्दिभ्सविरुद्धको समूह चरणको अन्तिम खेलमा रातो कार्ड पाएका थिए। जसका कारण उनले फाइनल गुमाउन लागेका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस