• २०८३ कार्तिक २९ गते शनिवार

थप ४२५ जनामा संक्रमण पुष्टि, संक्रमितको कल संख्या ५७६०, मृत्यु हुनेको संख्या १९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको छ ।

बितेको २४ घण्टाका संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । कुल संक्रमितमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । यस्तै २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । यो सहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ ।

यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस