• २०८३ मङ्सिर ८ गते सोमवार

बाढी र पहिरोका कारण दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । विपद्का कारण देशका दुई स्थानमा सडक तथा पुलमा आवागमन प्रभावित भएको छ । प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार चितवनको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा सुख्खा पहिरो खसेपछि जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम भइरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती–मान्बु जाने पुल बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको छ ।

प्रहरीका अनुसार उक्त पुल गत असोज २५ गतेदेखि अवरुद्ध भएको हो । दुवै स्थानमा सवारी तथा आवागमनको अवस्था हेरेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस